July 30, 2026

राजदूत बासको चित्लाङ भ्रमण: इजरायलबाट फर्केका किसानहरूको सफल खेतीको अवलोकन

काठमाडौँ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले मकवानपुरको चित्लाङस्थित कृषि फार्मको भ्रमण गर्नुभएको छ ।

राजदूत बास साना किसान लघु वित्त वित्तीय संस्थाको टोलीसहित चित्लाङमा रहेको सुशील गोपाली र पुरुषोत्तम लमिछानेले सञ्चालन गर्नुभएको कृषि फार्म पुग्नुभएकाे थियाे  ।

इजरायलका राजदूतबास मकवानपुरको चित्लाङस्थित कृषि फार्मको भ्रमणमा । तस्वीरः नेपालस्थित इजरायली राजदूतावास

“गोपाली र लमिछाने इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रमका पूर्वविद्यार्थी हुन् ।”, इजरायल दूतावासले जारी गरेकाे सन्देशमा उल्लेख छ ।  गोपालीले सन् २०१४ मा र लमिछानेले सन् २०१७ मा यो तालिम पूरा गर्नुभएको थियो । इजरायलबाट आधुनिक कृषि सीप हासिल गरी स्वदेश फर्केपछि, दुवैजनाले आफ्नै गाउँमा व्यावसायिक खेती सञ्चालन गर्दै आइरहनु भएकाे छ।

इजरायलका राजदूतबास मकवानपुरको चित्लाङस्थित कृषि फार्मको भ्रमणमा । तस्वीरः नेपालस्थित इजरायली राजदूतावास

यो भ्रमणले नेपाल र इजरायलबीचको द्विपक्षीय सहयोगका सकारात्मक परिणामलाई उजागर गर्दै ग्रामीण कृषि उद्यमशीलताप्रति दुवै देशको साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

केही तस्वीरः 

इजरायलका राजदूतबास मकवानपुरको चित्लाङस्थित कृषि फार्मको भ्रमणमा । तस्वीरः नेपालस्थित इजरायली राजदूतावास
इजरायलका राजदूतबास मकवानपुरको चित्लाङस्थित कृषि फार्मको भ्रमणमा । तस्वीरः नेपालस्थित इजरायली राजदूतावास
इजरायलका राजदूतबास मकवानपुरको चित्लाङस्थित कृषि फार्मको भ्रमणमा । तस्वीरः नेपालस्थित इजरायली राजदूतावास
इजरायलका राजदूतबास मकवानपुरको चित्लाङस्थित कृषि फार्मको भ्रमणमा । तस्वीरः नेपालस्थित इजरायली राजदूतावास

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *