July 30, 2026
इजरायल रोजगारीका लागि नेपाली सहायक कामदार छनोटको लाइभ चिट्ठाको प्रत्यक्ष प्रसारण, ८३६ उम्मेदवार छनोट

काठमाडौं । इजरायलको केयरगिभर  क्षेत्रमा रोजगारीका लागि नेपाली सहायक कामदार छनोट गर्न आयोजित प्रत्यक्ष (लाइभ) चिट्ठा प्रक्रिया बिहीबार सफलतापूर्वक सम्पन्न भएको छ । इजरायलको जेरुशलेमस्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण (PIBA) कार्यालयमा पारदर्शी र निष्पक्ष रूपमा सम्पन्न भएको उक्त कार्यक्रम नेपालबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

चिट्ठा प्रक्रियामा सहभागि कुल १,११५ जना उम्मेदवार छनोट भएका थिए, जसमा ७८४ पुरुष र ३३१ महिला रहेका थिए । प्रत्येक समूहबाट ७५ प्रतिशतका दरले छनोट गर्दा कुल ८३६ जना उम्मेदवार अन्तिम छनोटमा परेका छन् ।

इजरायल रोजगारीका लागि नेपाली सहायक कामदार छनोटको लाइभ चिट्ठाको प्रत्यक्ष प्रसारण, ८३६ उम्मेदवार छनोट

कार्यक्रममा नेपालका लागि इजरायली राजदूत शमुलिक एरी बास, नेपाल सरकारको वैदेशिक रोजगार विभागका अधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रत्यक्ष प्रसारणमार्फत सम्पूर्ण प्रक्रिया सार्वजनिक रूपमा अवलोकन गरिएकाले छनोट प्रक्रियाको पारदर्शिता र विश्वसनीयता सुनिश्चित भएको छ ।

इजरायल रोजगारीका लागि नेपाली सहायक कामदार छनोटको लाइभ चिट्ठाको प्रत्यक्ष प्रसारण, ८३६ उम्मेदवार छनोट

राजदूत बासका अनुसार इजरायलको केयरगिभर क्षेत्रमा निकट भविष्यमा २,१०० भन्दा बढी थप रोजगारीका अवसर खुल्ने अपेक्षा गरिएको छ । साथै, नेपाल र इजरायलबीच ‘होम-बेस्ड केयरगिभिङ’ तथा ‘कृषि क्षेत्रमा कामदार’ सम्बन्धी दुईवटा द्विपक्षीय प्रोटोकल अन्तिम चरणमा पुगेका छन्, जसबाट नेपाली कामदारका लागि थप रोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरिएको छ ।

छनोट भएका उम्मेदवारहरूले अब स्वास्थ्य परीक्षण र प्रहरी चारित्रिक प्रमाणपत्र ( Police Criminal Record Verification) लगायत अन्तिम प्रक्रिया पूरा गर्नुपर्नेछ । स्वास्थ्य परीक्षणमा योग्य र कुनै आपराधिक अभिलेख नभएका उम्मेदवारहरूलाई सेप्टेम्बर २०२६ देखि चरणबद्ध रूपमा इजरायल पठाइनेछ । द्विपक्षीय श्रम सम्झौताअनुसार उनीहरूले इजरायली कामदारसरह न्यूनतम तलब र श्रम सुविधा प्राप्त गर्नेछन् ।

नेपाल–इजरायल श्रम सहकार्यअन्तर्गत सम्पन्न भएको यो छनोट प्रक्रिया दुई देशबीचको श्रम सम्बन्धलाई थप मजबुत बनाउने अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । दुवै देशले आगामी दिनमा पनि पारदर्शिता, निष्पक्षता र समान अवसरका सिद्धान्तलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चिट्ठा प्रक्रियाका लागि कुल सहभागि कुल १,१४० जना उम्मेदवारको सुची इजरायल पठाइएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *