August 1, 2026

विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पासँग प्रधानमन्त्रीकाे भेट

नेपाल फर्किएपछि विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीसँग भेटघाट

काठमाडौं । इजरायलमा हमासको आक्रमणपछि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएकाे छ । हालै, विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी नेपाल फर्किएपछि उहाहरूसँग प्रधानमन्त्री ओलीले भेटघाट गर्नुभएकाे हाे।

विपिनको रिहाइको पहलका लागि उहाँहरूले नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको हो । सरकारले विपिनको सकुशल रिहाइका लागि कुनै पनि कसर बाँकी नराखेको र निरन्तर कूटनीतिक पहल गरिरहेको बताएको छ।

विपिन जोशी इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययनमा सहभागी हुन गएका थिए । गत वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि उनी बेपत्ता भएका थिए। हमासले सार्वजनिक गरेको भिडियोमा उनी बन्धक बनाइएको देखिएपछि उनको अवस्थाबारे जानकारी प्राप्त भएको थियो। परिवार र सरकारले उनको सकुशल रिहाइको प्रतीक्षा गरिरहेका छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *