August 1, 2026

विपिनकाे परिवार र राष्ट्रपति रामचन्द्र पाैडेलबीच भेटःरिहाइका लागि ठोस पहल गर्न अनुरोध

बिपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीद्वारा राष्ट्रपतिसँग भेट

काठमाडाैं । इजरायलमा हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले आज राष्ट्रपति रामचन्द्र पाैडेलसँग भेट गरी उनको रिहाइका लागि ठोस पहल गर्न अनुरोध गरेका छन्। आइतबार मात्रै विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पासँग प्रधानमन्त्रीले भेटघाट गर्नुभएकाे थियाे ।

इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखसँग भेटेर स्वदेश फर्किएपछि उनीहरूले नेपालका शीर्ष नेतृत्वसँग भेट गरेका हुन्। भेटमा उहाँहरूले बिपिनलाई सकुशल स्वदेश फर्काउन सरकारीस्तरबाट प्रभावकारी कदम चालिदिन आग्रह गर्नुभयो।

गत अक्टोबर ७ मा इजरायलको कृषि फर्ममा काम गरिरहेका बेला हमासले बिपिनसहित १० नेपाली विद्यार्थीलाई अपहरण गरेको थियो। जसमध्ये ९ जनाको सोही दिन मृत्यु भएको थियो भने बिपिन जोशी मात्र हमासको कब्जामा रहेका छन्। उनको सकुशल रिहाइका लागि परिवार र सरकार दुवैले निरन्तर पहल गरिरहेका छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *