August 1, 2026

हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने लेबनानी सरकारको निर्णयको इजरायलद्वारा स्वागत

लेबनानको सिमानामा इजरायली सैनिकहरू

जेरूशलेम । इजरायलले लेबनानी सरकारको हालैको निर्णयलाई एक महत्वपूर्ण कदमको रूपमा स्वागत गरेको छ। लेबनानका राष्ट्रपति जाेसेफ आउन् र प्रधानमन्त्री नवाफ सलामको नेतृत्वमा मन्त्रिपरिषद्ले सन् २०२५ को अन्त्यसम्ममा हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने दिशामा काम गर्ने निर्णय गरेको छ। यसलाई इजरायलले लेबनानका लागि आफ्नो सार्वभौमिकता पुनः प्राप्त गर्ने र राज्यका संस्थाहरू, सेना, र शासनमा गैर-राज्य समूहहरूको प्रभावबाट मुक्त हुने एक महत्वपूर्ण अवसरको रूपमा लिएको छ।

यस महत्वपूर्ण घटनाक्रमलाई ध्यानमा राख्दै, इजरायलले हिजबुल्लाहलाई निशस्त्र गर्ने लेबनानको प्रयासमा सहयोग गर्न र दुवै राष्ट्रका लागि अझ सुरक्षित र स्थिर भविष्यतर्फ मिलेर काम गर्न तयार रहेको बताएको छ। यदि लेबनानी सशस्त्र बल (LAF) ले हिजबुल्लाहको निशस्त्रीकरणलाई कार्यान्वयन गर्न आवश्यक कदमहरू चालेमा इजरायलले पनि अमेरिकाको नेतृत्वमा रहेको सुरक्षा संयन्त्रसँगको समन्वयमा इजरायली रक्षा बल (IDF) को उपस्थितिमा चरणबद्ध रूपमा कमी ल्याउने लगायतका पारस्परिक उपायहरू अपनाउने बताइएकाे छ।

इजरायलले अब दुवै राष्ट्रले सहयोगको भावनाका साथ अगाडि बढ्ने र हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने तथा दुवै राष्ट्रको स्थिरता र समृद्धिलाई प्रवर्द्धन गर्ने साझा उद्देश्यमा ध्यान केन्द्रित गर्ने समय आएकोमा जोड दिएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *