काठमाडाैं । हमासले बन्धक बनाएकाे नेपाली विद्यार्थी विपिन जोशीकी बहिनीले सामाजिक सञ्जाल मार्फत आफ्नाे दाजुलाई घर फर्काउन सबैले सहयोग गर्न सार्वजनिक अपील गर्नुभएकाे छ । उहाँले सार्वजनिक गर्नुभएकाे भिडियाे अपील उहाँ र उहाँकी आमा इजरायल भ्रमणमा हुँदाकाे हाे । उहाँले अङ्ग्रेजी भाषामा अपील गर्नुभएकाे थियाे ।
उहाँले अपीलमा भन्नुभएकाे छ, ” नमस्ते, म विपिन जोशीकी बहिनी हुँ। विपिन मेरो एक्लो दाइ हो र ऊ लगभग दुई वर्षदेखि बन्धक बनेको छ । ऊ इजरायलमा कृषि काम गर्न गएको थियो तर दुर्भाग्यवश द्वन्द्वको बीचमा फस्यो। यो बीचमा हामीलाई सहयोग गर्नुहुने सबैलाई म धन्यवाद दिन चाहन्छु। कृपया मेरो दाजुको लागि वकालत गर्न नछोड्नुहोस् ।”
सामाजिक सञ्जाल प्रयोग गरेर सहयोग गर्न उहाँले सबैमा आग्रह गर्नुभएकाे छ । सन्देश मार्फत उहाँले नेपाल र अन्य देशका मानिसहरू र कूटनीतिज्ञहरूलाई पनि आफ्नाे दाजुलाई घर फर्काउन सहयोगकाेअपील गर्नुभएकाे छ ।
भिडियाेः

