August 1, 2026

इजरायली हमलामा मारिएका ६ जना आतङ्कवादी भएको इजरायली सेनाको भनाइ

दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको नासेर अस्पतालमा इजरायली हवाई हमला भएको ठाउँको तस्बिर ।

जेरूशलेम । दक्षिणी गाजा पट्टीको खान युनिसस्थित नासेर अस्पतालमा भएको ट्याङ्क आक्रमणमा मारिएकामध्ये ६ जना आतङ्कवादी भएको इजरायली रक्षा बल (आईडीएफ) ले जनाएको छ।

सोमबार बिहान नासेर अस्पतालमा भएको आक्रमणमा करिब २० प्यालेस्टिनीको मृत्यु भएको थियो। आईडीएफले तीमध्ये चार जना हमासका, एक जना इस्लामिक जिहादका र एक जना अज्ञात समूहका आतङ्कवादी भएको बताएको छ। यद्यपि, आईडीएफ प्रमुख लेफ्टिनेन्ट जनरल आयल जमीरले यो घोषणा सैन्य त्रुटिहरूलाई ढाक्नका लागि नगरिएको स्पष्ट पारेका छन्। उनले ट्याङ्क हमलाको अनुमोदन कसरी भयो र कसले आदेश दियो भन्नेबारे अनुसन्धान जारी रहेको बताएका छन्।

आईडीएफका अनुसार आक्रमणको निशाना ६ जना आतङ्कवादी नभई अस्पतालको भिडियो सिसि क्यामेरा थियो। यद्यपि, त्यहाँ हमासका सदस्यहरू थिए कि थिएनन् भन्नेबारे निश्चित जानकारी नभई गोली चलाउने आदेश दिइएको जमीरले स्वीकार गरेका छन्।

दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको नासेर अस्पतालमा इजरायली हवाई हमला भएको ठाउँको तस्बिर

अक्टोबर ७ को आक्रमणमा संलग्न एक आतङ्कवादी पनि मारिएको आईडीएफले जनाएको छ। यो घटनामा रोयटर्सलगायतका सञ्चारमाध्यमका पत्रकारको पनि मृत्यु भएको थियो, जसलाई आईडीएफले ‘गल्ती’ भएको बताएको छ। आईडीएफले पत्रकार वा निर्दोष प्यालेस्टिनी नागरिकलाई हानी पुर्‍याउने आफ्नो कुनै मनसाय नभएको जनाएको छ।

इजरायली सेनाका अनुसार अस्पतालमाथि दुई पटक आक्रमण भएको थियो। दोस्रो आक्रमणले पहिलो प्रहारपछि उद्धारका लागि आएका चिकित्साकर्मी र सञ्चारकर्मीहरूलाई थप क्षति पुर्‍याएको थियो। यस घटनाले विश्वभर ठूलो मिडिया कभरेज पाएको छ।

गाजाको सिमानामा ट्याङ्कहरूमाथि बसिरहेका IDF सिपाहीहरू।

आईडीएफले विगत ६ महिनामा ११,००० गाजावासी मारिएका छन्, जसमध्ये २००० भन्दा बढी हमासका आतङ्कवादी रहेको बताएको छ। विगतका द्वन्द्वमा इजरायलले आफ्नो तर्फबाट मारिएका नागरिकको सङ्ख्या सार्वजनिक गर्ने गरे पनि यसपटक भने गरेको छैन।

यस घटनाको निन्दा गर्दै आईडीएफका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रीनले कहिलेकाहीँ हमासका आतङ्कवादीहरू अस्पतालमा लुकेको अवस्थामा पनि उनीहरूको पछि लाग्नुपर्ने बाध्यता रहेको बताएका छन्। उनले अस्पतालमा आक्रमण गर्नुअघि उच्च तहका अधिकारीको अनुमति लिनुपर्ने प्रावधान रहेको पनि स्पष्ट पारेका छन्।

 

द जेरूशलेम पाेेस्टकाे सहयाेगमा

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *